तीन नम्बर प्रदेश सरकारद्वारा स्थानीय तहका जनप्रतिनिधिको तलब निर्धारण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीन नम्बर प्रदेश सरकारद्वारा स्थानीय तहका जनप्रतिनिधिको तलब निर्धारण

तीन नम्बर प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ ।

pradesh no 3

काठमाडौं, २ चैत । तीन नम्बर प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले महानगरपालिकाका मेयरले ४६ हजार, उपमहानगरपालिकाका मेयरले ४० हजार २ सय, नगरपालिकाका मेयरले ३५ हजार र गाउँपालिकाका अध्यक्षले ३१ हजार रुपैयाँ पाउने गरी जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो । जनप्रतिनिधिको तलब सुविधा प्रस्ताव गरिएको विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा प्रदेश सभाले बनाउने कानून बमोजिम हुने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारले स्वीकृत गरेको विधेयक प्रदेश सभाले पारित गरेपछि स्थानीय तहका जनप्रतिनिधिलाई तलब सुविधा लिने बाटो खुल्ने छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको विधेयकमा महानगरपालिकाका उपमेयरको ४० हजार २ सय र वडाध्यक्षको २८ हजार, उपमहानगरका उपमेयरको ३५ हजार र वडाध्यक्षको २५ हजार, नगरपालिकाका उपमेयरको ३१ हजार र वडाध्यक्षको २२ हजार तथा गाउँपालिकाका उपाध्यक्षको २७ हजार र वडाध्यक्षको २० हजार तलब प्रस्ताव गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुखको तलब महानगरका मेयरको सरह मासिक ४६ हजार तोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);