अब स्थिर सरकारले भएन र कुनै दलले धेरै मत पाएन भन्ने कुरा पुरानो भएको छ । सरकार बलियो बनेको छ र समृद्धि हाम्रो एक मात्र उद्देश्य हो भनि रहेको छ । अर्को पाटोमा लामो समय देखि राजनीतिमा अडान लिएको, संघर्ष र बलिदानका थुप्रै इतिहास र वर्तमानमा पनि सक्रिय दल, ‘नेपाली काँग्रेस’ अहिले विपक्षमा सानो रानजीतिक दलका रुपमा सिमित भएको छ । अब काँग्रेसको जिम्मेवारी र दायित्व के-के हुनेछन् र काँग्रेसले यसलाई कसरी निर्धारित गर्छ ?यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेपाली कांग्रेसको संसदिय दलका उपनेता, विजयकुमार गच्छदारसँग गरेको कुराकानी हेर्नुहोस् :




