नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठक ६ वर्षपछि आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

साउन २४ , काठमाण्डौँ । नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठक भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ ।

छ वर्षपछि बसेको बैठकमा नेपाल विद्युत् प्राधिकरणले भारतका विभिन्न स्थानबाट आयात गरिरहेको विद्युत्को मूल्य र परिमाण तोक्ने विषय एजेण्डा छन् । बैठकमा नेपालका तर्फबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेतृत्व गर्नुभएको छ । प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्मा, कामु उपकार्यकारी निर्देशक लेखनाथ कोइराला, उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह, विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारी पनि बैठकमा सहभागि हुनुहुन्छ । नियमित कार्यसूचि अनुसार बैठक नबस्दा नेपालले भारतबाट आयात गर्ने बिजुलीको मूल्य बढी तिर्नु परिरहेको छ ।

दुई देशबिच भएको सम्झौतानुसार नेपालले बिहार, उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न स्थानबाट विद्युत् आयात गर्दै आएको छ । प्राधिकरणले विद्युत आयातवापत भारतलाई प्रतियुनिट ८ रुपैयाँ ९९ पैसा तिर्दै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);