आज 'गाईजात्रा' मनाईँदै, उपत्यकामा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२४ साउन, काठमाण्डौँ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको बताइन्छ ।

एकवर्ष भित्र दिवंगत भएका आफन्तको सम्झना गरी गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरि आज गाईजात्रा मनाईँदैछ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);