विद्युतको मूल्य बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विद्युतको मूल्य बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

bijuli

काठमाडौं, २४ असार । नेपालले विद्युतको मूल्य बढाउन भारतीय पक्षले राखेको प्रस्ताव अस्वीकार गरेको छ ।

विद्युत आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी) हालै नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्षले नेपालले भारतबाट आयात गर्दै आएको विद्युतको मूल्य १५ देखि २० प्रतिशत बढाउन गरेको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसअघिको मूल्य नै महँगो भएकाले आफू मूल्य बढाउने प्रस्तावको पक्षमा नरहेको बताए ।

नेपालले अहिले १३२ केभीको प्रसारण लाइनबाट आठ रुपैयाँ अठासी पैसा, ३३ केभीबाट नौ रुपैयाँ छ पैसा र ११ केभीको प्रसारण लाइनबाट १० रुपैयाँ बत्तीस पैसामा विद्युत खरिद गर्दै आएको छ । भारतका तर्फबाट बिहार विद्युत वितरण कम्पनीले नेपालले आयात गर्ने बिद्युतको मूल्य १५ देखि २० प्रतिशत बढाउन प्रस्ताव गरेको थियो । भारतबाट नेपाल आयात हुने बिद्युतमध्ये ३ सय मेगावाट बिहार विद्युत वितरण कम्पनीमार्फत आउँछ ।

कार्यकारी निर्देशक घिसिङले मूल्य बढाउने प्रस्ताव अस्वीकार गरेपछि बैठक अनिर्णित भएको छ । मूल्य बढाउने विषयमा बैठकमा कुनै निर्णय नभएकाले यस विषयमा अर्को बैठकमा छलफल हुने बताइएको छ । अर्को बैठक तीन महिनापछि बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);