प्रहरीको खोजीमा रहेका सिलवाल लिफ्ट मागेर पुगे संसद् भवन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

प्रहरीको खोजीमा रहेका सिलवाल लिफ्ट मागेर पुगे संसद् भवन

silwal

काठमाडौं, २१ फागुन । किर्ते कागजमा छानबिनका लागि प्रहरीबाट खोजी भइरहेका एमाले सांसद नवराज सिलवालले पनि शपथ लिएका छन्। उनी वरिष्ठ नेता माधवकुमार नेपालको गाडीमा लिफ्ट मागेर संसद् भवन पुगेका थिए। अनुपस्थित सांसदका लागि संसद्मै ज्येष्ठ सदस्य वा सभामुखले शपथ गराउने चलन छ।,

शपथ समारोहमा प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका एक सांसद अनुपस्थित थिए। माओवादी केन्द्रका टोपबहादुर रायमाझी पितृशोकका कारण अनुपस्थित रहे। संसद् सचिवालयका अनुसार कैलाली जेलमा रहेका राजपाका रेशम चौधरी, उमेर विवादमा परेका राजपाकै महेन्द्र यादव र माओवादी केन्द्रकी धर्मशिला चापागाईं शपथ समारोहमा उपस्थित भएनन्।

राष्ट्रियसभामा रमेशप्रसाद यादव अनुपस्थित रहे। संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार नेपाली, हिन्दी, भोजपुरीलगायत ११ भाषामा सांसदले शपथ लिएका थिए। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।