इन्द्रेनी बन्यो संसद्, देउवा आउँदा कांग्रेस सांसद उठे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इन्द्रेनी बन्यो संसद्, देउवा आउँदा कांग्रेस सांसद उठे

काठमाडौं, २१ फागुन । नयाँ संविधान निर्माणको अन्तिम चरणमा मधेसकेन्द्रित दलले संविधानसभा बहिष्कार गरी मधेसमा आन्दोलन, नाकाबन्दी र संविधान बहिष्कारको घोषणा गरेका थिए। उक्त आन्दोलनको प्रमुख नेतृत्वकर्ता थिए, राजपा अध्यक्ष महन्थ ठाकुर। सौभाग्य वा समयको नियति, तिनै महन्थले आइतबार राष्ट्रपतिबाट संविधानको वफादारिताको शपथ खाए र अरू सांसदलाई पनि खुवाए। शपथग्रहण समारोहमा सांसदहरू आ–आफ्नो सांस्कृतिक र जातीय पहिरनमा सहभागी भएका थिए।

प्रतिनिधिसभा निर्वाचनको तीन महिनापछि प्रतिनिधिसभा र राष्ट्रियसभाका निर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन्। संघीय संसद् सचिवालयले संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको विशेष समारोहमा ज्येष्ठ सदस्यका हैसियतले राजपा नेता महन्थ ठाकुरले सांसदलाई शपथ गराए। नागरिकतामा महन्थभन्दा राजपाकै अर्का नेता महेन्द्र यादव पाँच वर्ष जेठा भेटिएका थिए। ७५ वर्षीय पाका राजनीतिज्ञ महन्थभन्दा महेन्द्रको उमेर बढी भएको समाचार सार्वजनिक भएपछि नैतिक रूपमा पनि उनलाई अप्ठ्यारो परेको थियो।

संघीय संसद् प्रतिनिधिसभा\ राष्ट्रियसभाको अधिवेशन सोमबार सुरु हुँदै छ। महेन्द्रको नागरिकता र वास्तविक उमेर फरक परेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले ‘आपत्ति’ जनाएपछि उनी अन्तिम समयमा रोकिएका थिए। प्रधानमन्त्री ओलीले आइतबार बिहान महन्थसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा साढे एक घण्टा वार्ता गरी ज्येष्ठ सदस्यको शपथ लिन प्रस्ताव गरेका थिए। बिहान साढे ९ देखि ११ बजेसम्म चलेको वार्तामा महन्थ ज्येष्ठ सदस्यको हैसियतमा शपथ खान राजी बनेको एमाले उच्च स्रोतले बतायो।,

देउवा आउँदा कांग्रेस सांसद उठे

शपथ समारोहमा सबैभन्दा पछि संसद् हलमा प्रवेश गरेका थिए, कांग्रेस सभापति शेरबहादुर देउवा। कांग्रेसमा संसदीय दलको नेता विवाद भइरहँदा आइतबार शपथ समारोहमा भने रोचक दृश्य देखा पर्यो । देउवा हलमा प्रवेश गर्दा कांग्रेसका सबै सांसद आ–आफ्नो स्थानमा उठेर सम्मान गरेका थिए। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);