राष्ट्रपतिबाट ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले बुधबार शपथ खादै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रपतिबाट ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले बुधबार शपथ खादै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरूलाई शपथ गराउने भएका छन्। प्रतिनिधिसभाको प्रथम बैठकअघि ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधानअनुसार राणाले प्रतिनिधिसभाका निर्वाचित सांसदहरूलाई शपथ गराउन लागेका हुन् ।

त्यसका लागि संघीय संसद सचिवालयले निर्वाचित सांसदहरूमध्ये ज्येष्ठ नागरिकको हैसियतमा राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । ’संसद सचिवालयले राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकेको छ,’ धमलाले भने, ’राष्ट्रपति कार्यालयबाट भोलि १ बजे राणाको शपथ हुने अनौपचारिक जानकारी आएको छ ।’

संसद सचिवालयको पत्रअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि  राणाले अन्य निर्वाचित सांसदलाई शपथ ग्रहण गराउनेछन् । यसअघि प्रतिनिधिसभामा ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले सांसदहरुको शपथ गराएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);