नवनिर्वाचित सांसदहरुको शपथ आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नवनिर्वाचित सांसदहरुको शपथ आज

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज दिउँसो शपथ लिदैछन् । ज्येष्ठ सांसद राप्रपाका पशुपति शमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ। सांसदहरुलाई शपथका लागि दिउँसो १ बजे सचिवालयले बोलाएको छ ।

नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ।

हालै सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);