पूर्वकमलरी बनिन् शैक्षिक अभियन्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पूर्वकमलरी बनिन् शैक्षिक अभियन्ता

purba kamlari

नेपालगन्ज, २१ फागुन । कुनै बेला साहुको बारीमा घोटिने औंला अहिले ल्यापटपमा चलमलाउँछन् । तीन दर्जन कर्मचारी उनकै खटनपटनमा चल्छन् । आफू पनि दिनभर कार्यक्षेत्रमा व्यस्त रहन्छिन् माया चौधरी । प्रतिवेदन तयार पार्दापार्दै रातै भइसक्छ ।

कार्यक्षेत्रमा खटिनुअघि प्रत्येक बिहान कार्ययोजना तयार पार्नु उनको दैनिकी हो । कार्यक्रम संयोजकको भूमिका निर्वाह गर्न शैक्षिक योग्यता र क्रियाशीलता चाहिन्छ । तर, यसका लागि तय गर्नुपर्ने बाटो पक्कै सजिलो हुँदैन । मायाको विगत र वर्तमानमा पनि आकाश–जमिनको फरक छ । सानैमा आमाले कमलरी बस्न पठाएकी थिइन् उनलाई, त्यति बेला दूधसमेत छुटेको थिएन । त्यसपछि किताब बोक्नुपर्ने हातमा जुठा भाँडा थमाइए । खरानीले औँला खायो ।

कैलालीको जानकी गाउँपालिका–५ अमौरीकी बासिन्दा हुन् माया । छोरीलाई कमलरी पठाउनु आमा प्यारीको बाध्यता थियो । पति बिपतरामको असामयिक निधनपछि छोराछोरीको पेट पाल्न अरू कुनै उपाय देखिनन् । यति धेरै संघर्ष गरेकी पूर्वकमलरी माया अहिले सरकारले यहाँ सञ्चालन गरेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको संयोजक भएकी छन् । उनी नेपालगन्जस्थित युनेस्को क्लबमा कार्यरत छिन ।

कमलरी बस्दाको क्षण सम्झिँदा पीडाबोध हुने गरेको माया बताउँछिन् । ‘बुबाको मृत्युपछि आमा एक्लो पर्नुभो । परिवार पाल्न सहारा भएन । त्यसपछि मलाई कमलरी पठाउनुभयो,’ आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘बुबा भइदिएको भए त्यस्तो अवस्था आउँदैनथ्यो होला ।’,यो खबर आजको कान्तिपुर दैनिकमा ठाकुरसिंह थारूले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);