काठमाडौं, १६ फागुन । टेनिन खेलाडीद्वय रोजर फेडेरर र सेरेना विलियम्सले वर्ष खेलाडीको उपाधि जितेका छन् । गएराति सम्पन्न लौरेस वल्र्ड स्पोर्ट्स अवार्डमा फेडेररले वर्ष खेलाडीको उपाधि जितेका हुन् ।
२० पटकसम्म ग्राण्डस्लाम उपाधि जितेका स्वीस खेलाडी फेडेररले वल्र्ड स्पोर्टसम्यान अवार्डका साथै कमब्याक अफ द इयरको उपाधि पनि पाएका छन् । ३६ बर्षिय फेडेररले सन् २०१७ मा अस्ट्रेलियन ओपन र विम्बल्डन टेनिसको उपाधि जितेका थिए । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले वल्र्ड स्पोर्टस विमेन अवार्ड जितेकी छन् ।
सेरेनाले गत वर्ष २३ औं ग्राण्डस्लाम उपाधि जितेकी थिइन् । फर्मुला वान टिन मर्सीडीजले टिम अफ द ईयरको उपाधि जित्दा ह्विीलचेयर एथ्लेट मार्सेल हगले फरक क्षमताका वर्ष खेलकुद व्यक्तित्वको उपाधि हात पारेका छन् ।