२ दिन भित्रमा मन्त्रिपरिषद् बिस्तार : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२ दिन भित्रमा मन्त्रिपरिषद् बिस्तार : प्रम ओली

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले २ दिन भित्रमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । प्रधानमन्त्री ओलीले भोली या पर्सीसम्ममा मन्त्रीपरिषद विस्तार भईसक्ने बताएका छन् ।

उनले मन्त्रीपरिषदको आकार ६४ सदस्यीय नहुने व्यंग पनि गर्न भ्याए । काठमाडौंको इन्द्रदह महोत्सव कार्यक्रमलाई सम्बोधन गरेपछि संचारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद छरितो हुने संकेत गरे ।

यस अघि शेरबहादुर देउवा नेतृत्वको सरकार ६४ सदस्यीय थियो । प्रधानमन्त्री ओलीले गढीहरुको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);