कांग्रेस कार्यसम्पादन समितिकाे बैठक अनिश्चित कालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कांग्रेस कार्यसम्पादन समितिकाे बैठक अनिश्चित कालका लागि स्थगित

deuba

काठमाडौं, ९ फागुन । भोलि (बिहीबार) बस्ने गरी बोलाइएको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आजै एक सूचनामा जारी गरी भोलि विहान ९ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएका थिए ।

तर, आजै देउवाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले देउवाकै निर्देशनमा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको बताए ।

कार्यसम्पादन समिति बैठक अनिश्चित कालका लागि स्थगित गरेका देउवाले फागुन १२ गते सिंहदरबारमा बस्ने गरी प्रदेश र प्रतिनिधिसभाका निर्वाचित सदस्यको बैठक आह्वान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);