सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः एमाले सांसद कँडेल | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः एमाले सांसद कँडेल

काठमाडौं ।

प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. पुष्पराज कँडेलले बुढीगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोजेको आरोप लगाउनुभएको छ ।शुक्रवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । सांसद कँडेलले उक्त आयोजनाबारे बजेटमा वित्तीय व्यवस्थापनको कुनै खाका समेत नआएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

कृषि क्षेत्रलाई शिर्ष प्राथमिकता दिएको बजेटमा उल्लेख गरिएपनि सोही अनुसारको बजेटको व्यवस्थापन नभएको सांसद कडेलको गुनासो थियो । सांसद कँडेलले राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउनका लागि आवश्यक बजेटको व्यवस्था पनि नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

Leave a Reply