सरकार सबै क्षेत्रमा द्वन्द्व निम्त्याउने काममा अग्रसर छः एमाले | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

सरकार सबै क्षेत्रमा द्वन्द्व निम्त्याउने काममा अग्रसर छः एमाले

काठमाडौँ ।

प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकार सबै क्षेत्रमा द्वन्द्व निम्त्याउने काममा अग्रसर रहेको आरोप लगाएको छ ।सोमवार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै एमालेका सांसद डा. पुष्पराज कँडेलले उक्त कुरा बताउनुभएको हो । उहाँले सरकारले मुलुकको  अर्थतन्त्रलाई सुधार गर्नका लागि राजनीतिक दल, निजी क्षेत्र, छिमेकी मुलुक र मित्र राष्ट्रहरुसँग सहकार्य गरेर अघि बढने कुरा पनि उक्त विधेयकमा उल्लेख नगरेको भन्दै्र आपत्ति समेत जनाउनु भयो ।

सांसद कँडेलले सरकारले मुलुकको अर्थतन्त्र मन्दीमा छ भनेर सत्य कुरा बोल्न समेत सो विधेयकमा नसकेको भन्दै आलोचना गर्नुभयो । सांसद कँडेलले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुलाई साथमा लिएर मुलुकको अर्थतन्त्र सुधार गर्ने बाटो समेत अवलम्बन गर्न नसकेको दावी समेत गर्नुभयो ।

Leave a Reply