डेडेल्धुरा, ६ फागुन । डेडेल्धुरा, अमरगढी नगरपालिका ११ फिन्नकोटका महिला व्यवसायीक कृषि पेशामा आकर्षित भएका छन् । व्यवसायीक तरकारी खेतिबाट यहाँका महिलाले राम्रो आम्दानीसमेत गरिरहेको छन् । पछिल्लो समय यस क्षेत्र कृषि भम्रण र अनुगमनकर्ताको आकर्षको केन्द्रसमेत बनेको छ ।
परम्परागत खेति छाडेर व्यवसायीक तरकारी खेतिमा लागेका अमरगढी नगरपालिका ११ पिन्नकोटका महिलाहरु एकै सिजनमा लाखौं आम्दानी गर्ने भएका छन् । साथै कृषिबाटै उनीहरुले घरखर्चका साथै बालबच्चलाई राम्रो स्कुलमा पढाइरहेका छन् ।
व्यवसायीक तरकारी खेति गर्दै आएका उनीहरुले कृषि समुहसमेत गठन गरेका छन् । उत्पादन राम्रो भए पनि उत्पादीत तरकारीले बजार नपाउँदा उनीहरु समस्यामा परेका छन् । ठूलो लगानीमा उत्पादन गरेको तरकारी विक्रिका लागि जिल्ला सदरमुकाम पुर्याउने गरे पनि बिचौलियाका कारण आफूहरुले उचित मूल्य नपाएको उनीहरुको गुनासो छ । साथै सिचाईंको असुविधाले उनीहरु थप समस्यामा परेका छन् ।
यद्यपी उनीहरुले लिप्ट सिचाईंको प्रयोगबाट व्यवसायीक तरकारी खेति गरिरहेका छन् । तर, लिप्ट सिचाईंले खर्च बढाएको उनीहरुको भनाइ छ । यो क्षेत्रमा ७० जना महिलाको सहभागीतामा विभिन्न कृषक समूहमार्फत एक सय रोपनि जमिनमा तरकारी खेति गरिएको छ । र, उनीहरु बार्षिक एक करोडभन्दा बढीको तरकारी उत्पादन गरी विक्रि गरिरहेका छन् । कृषकले विभिन्न समस्या भएको बताइरहँदा अमरगढी कृषि शाखाका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले अब यस्ता समस्या भोग्न नपर्ने बताए ।
नगरपालिकाले पनि कृषकहरुलाई सक्दो सहयोग गर्ने जनाएको छ । यहाँ उत्पादन भएको तरकारी जिल्ला सदरमुकाम हुँदै प्रदेश नं ७ का अन्य जिल्लासँगै डोटीको दिपायल, सिलगढीसम्म पुग्ने गरेको छ । व्यवसायीक तरकारी खेतिबाट आत्मनिर्भर भएका यस क्षेत्रका महिला उद्यमीहरुलाई प्रोत्साहन र सहयोग गर्न सम्बन्धित निकायले चासो दिनुपर्छ ।