‘सम्यक दान’मा यो वर्ष दुई हजार भिक्षुलाई महादान गरिने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

‘सम्यक दान’मा यो वर्ष दुई हजार भिक्षुलाई महादान गरिने

२०८१,९,२८

माघे संक्रान्तिमा गरिने ‘सम्यक दान पर्व’ मा यो वर्ष दुई हजार भिक्षुलाई महादान गरिने भएको छ।सम्यक महादान व्यवस्थापन सहयोग समितिका अध्यक्ष गणेश बज्राचार्यले भक्तपुर नगरपालिका( १ स्थित जयकीर्ति महाविहार ९ययुबही० परिसर भुइख्यमा गरिने बौद्ध परम्पराअनुसारको सम्यक महादान पर्वमा भिक्षुलाई महादन गर्ने तयारी रहेको जानकारी दिए।

पाँच दीपकङ्कर बुद्धका मूर्तिहरूलाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुलाई प्रसाद, चामललगायत विभिन्न परिकार दान दिने र पाँच दीपङ्करको परिक्रमा गराई पूजासमेत दिएर मनाइने उनले जानकारी दिए।

भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रह्म महाविहारका सङ्घ सदस्य जयरत्न बज्राचार्यले नेपाल संवत् ७८७ मा आफ्ना दिवङ्गत पिता जयदेव बज्राचार्यका नाममा दीपङ्कर बुद्धलगायत विहारका संघका सदस्यलाई निमन्त्रणा गरेको र सम्यक भोजन दान गरी पर्वको स्थापना गरेको शिलापत्रमा उल्लेख छ। जयकीर्ति महाविहार अत्यन्तै जीर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल संवत् ७९४ मा विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जयजितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रूपमा सम्पन्न गरेको इतिहासमा उल्लेख छ ।

सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरूमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरू शाक्य र बज्राचार्य बन्दहरूलाई भोजन, अन्न र दक्षिणा दिइने चलन रहेको समितिका सल्लाहकार सप्तचन्द्र बज्राचार्यले जानकारी दिए।

Leave a Reply