ट्रक व्यवसायीले भारतीय मालबहाक ट्रकलाई नाकामै रोक्न माग | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

ट्रक व्यवसायीले भारतीय मालबहाक ट्रकलाई नाकामै रोक्न माग

नेपालका मालबहाक ट्रक व्यवसायीले भारतीय मालबहाक ट्रकलाई नाकामै रोक्न माग गरेका छन्

trucks

काठमाडौं,६ फागुन । नेपालका मालबहाक ट्रक व्यवसायीले भारतीय मालबहाक ट्रकलाई नाकामै रोक्न माग गरेका छन् । भारतीय ट्रकले नेपालमा ढुवानी गर्दा आफ्नो व्यसाय संकटमा परेको भन्दै भारतीय मालबहाक ट्रक नाकामा रोक्न व्यवसायीले माग गरेका हुन् ।

राप्ती अञ्चल ट्रक यातायात व्यवसायी समितिको १४ औ बार्षिक साधारण सभामा सहभागिले भारतीय ट्रकको नेपाल प्रंवेशमा तत्काल रोक लगाइनुपर्ने बताए । नेपालमा ६५ हजार मालबहाक ट्रक रहेका छन् । व्यवसायीले भारतीय मालबहाक ट्रक प्रवेशमा रोक नलाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।