तराई मधेसमा भारतीय मालबाहक सवारी साधनमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

तराई मधेसमा भारतीय मालबाहक सवारी साधनमा रोक

बारा, २५ माघ । यातायात व्यवसायीले तराई मधेसमा भारतीय मालबाहक सवारी साधनमा रोक लगाएका छन् ।

व्यवसायीले भारतीय मालबाहक सवारीले माल सामान बोक्दा आफ्नो व्यवसाय संकटमा परेको भन्दै रोक लगाएका हुन् । सरकारलाई पटक पटक भारतीय सवारी रोक्न आग्रह गरेपनि वास्ता नगरेकाले बाध्य भएर रोक्नु परेको व्यवसायीको भनाई छ ।

दुई दिन यता ३६ वटा भारतीय ट्रक र लहरीलाई व्यवसायीले नियन्त्रणमा लिएका छन् । भारतीय ट्रक र लहरीले भारतबाट सोझै नेपालका प्रमुख सहरहरुमा मालसामान बोक्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);