भारतीय मालवाहक सवारी रोक लगाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतीय मालवाहक सवारी रोक लगाउन माग

truk

काठमाडौं, २७ पुस । भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्र्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् ।

विराटनगर ट्रक व्यवसायी सङ्घको २९ औं अधिवेशन कार्यक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

भारतबाट मालबस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढङ्गले सञ्चालमा आउँदा नेपालीले रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);