खानेपानीका आयोजनाहरुलाई महिलामैत्री बनाइएको मन्त्रालयको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

खानेपानीका आयोजनाहरुलाई महिलामैत्री बनाइएको मन्त्रालयको दाबी

काठमाडाैं । खानेपानी मन्त्रालयले खानेपानीसम्बन्धि आयोजनाहरुलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको जनाएको छ ।  विश्व पानी दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सो मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

मन्त्रालयले लैगिकमैंत्री खानेपानीको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय पालिकाहरुमा खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सम्बन्धि सिष्टम लागू गरेको पनि उहाँले स्पष्ट पार्नुभयो । खानेपानीको व्यवस्थापनमा सबैको पहुँच पुर्याउनका लागि सरकारले सो सिष्टम लागू गर्नुपरेको पनि प्रवक्ता श्रेष्ठको भनाइ थियो ।

उहाँले खानेपानी आयोजनाहरु आवश्यक्ताको आधारमा तय गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनुभयो ।  खानेपानी मन्त्रालयले खानेपानी व्यवस्थापनको कामलाई महिलामैत्री बनाउनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि सहकार्य गरिरहेको पनि दाबी गरेको छ ।

Leave a Reply

ताजा समाचार