काठमाडाैं । बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा गर्नुभएको छ । फेब्रुअरी २०२६ मा आम चुनाव आयोजना गर्न निर्वाचन आयोगलाई पत्र पठाउनुभएको हो ।
जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधनमा युनुसले उक्त घोषणा गर्नुभयो । रमजान महिना अर्को वर्ष फेब्रुअरी १७ वा फेब्रुअरी १८ मा शुरु हुने तय भएको छ ।
बंगलादेशी अर्थशास्त्री युनुसले गत वर्ष अगस्ट ८ मा देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए ।
बंगलादेशी राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अगस्ट ६, २०२४ मा संसद भंग गरेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको थियो।





