अमेरिकी भन्सार शुल्क वृद्धिका कारण विश्व व्यापारमा मन्दीको सङ्केत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

अमेरिकी भन्सार शुल्क वृद्धिका कारण विश्व व्यापारमा मन्दीको सङ्केत

काठमाडौँ ।
सन् २०२६ का लागि विश्व व्यापार सङ्गठन डब्लूटीओ ले विश्व वस्तु व्यापार वृद्धिदरको पूर्वानुमान घटाएर १ दशमलव ८ प्रतिशत मा झारेको छ । यसअघि २ दशमलव ५ प्रतिशत हुने भनिएको दर अमेरिकाले बढाएको भन्सार शुल्कका कारण घटाएको डब्लूटीओले जनाएको छ ।डब्लुटीओले सार्वजनिक गरेको पछिल्लो व्यापार पूर्वानुमान अनुसार भन्सार परिवर्तनहरूले विश्व व्यापारको समग्र अवस्था कमजोर बनाउने देखिएको छ ।

अमेरिकाले अगस्ट ७ मा लागू गरेको ‘पारस्परिक भन्सार दर’ ले अमेरिकाको आयात घटाउनुसँगै साझेदार देशहरूको निर्यातमा समेत गम्भीर असर पार्ने उल्लेख छ ।यो असर सन् २०२५ को दोस्रो छ महिनादेखि सन् २०२६ सम्म झनै गहिरिने अनुमान छ ।

क्षेत्रगत विश्लेषण अनुसार, एशियाली देशहरू आउँदो वर्षमा विश्व व्यापार वृद्धिका मुख्य सकारात्मक चालक बन्नेछ भने उत्तर अमेरिकी क्षेत्र सन् २०२५ र २०२६ दुवै वर्षमा नकारात्मक प्रभाव पार्ने अनुमान छ ।

Leave a Reply