अमेरिकाले जफत गरेको रूसी जहाज ३२.५ करोड डलरमा लिलामी गर्दै | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

अमेरिकाले जफत गरेको रूसी जहाज ३२.५ करोड डलरमा लिलामी गर्दै

काठमाडौँ ।
अमेरिकाले ३२.५ करोड डलर मूल्यको रुसी लग्जरी सुपरयाट अमाडियाको लिलामी गर्दै छ । यो सुपरयाट रूसको हो । अमेरिकाले युक्रेनमाथि रूसको आक्रमणपछि यसलाई जफत गरेको थियो । यो पहिलो रुसी सुपरयाट हो, जसलाई अमेरिकाले बिक्री गर्न लागेको हो । यो लिलामी सेप्टेम्बर १० सम्म चल्ने एबीसी न्युजले जनाएको छ ।

यो निर्णय यस्तो समयमा लिइएको छ, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन् ।अमेरिकाले आफ्ना सहयोगीहरूसँग मिलेर रूसका धनी व्यक्तिहरूमाथि दबाब बनाउने प्रयास गरिरहेको बताएको छ ।ती व्यक्तिमध्ये केही पुटिनका नजिकका व्यक्ति रहेको र जसका सुपरयाटहरू जफत गरिएका छन् ।

ती व्यक्तिहरूले पुटिनलाई युद्ध रोक्न बाध्य पारुन् भन्ने अमेरिकी चाहना रहेको बताइएको छ ।रुसी सुपरयाट अमाडियालाई अमेरिकाले तीन वर्षअघि जफत गरेको थियो । यो याट हाल सैन डिएगोमा राखिएको र यो ३४८ फिट लामो छ ।यो याट जर्मन कम्पनी लुर्सेनले सन् २०१७ मा विशेषरूपमा निर्माण गरेको थियो ।

यसलाई फ्रान्स्वा जुरेट्टीले डिजाइन गरेका थिए । याटको भित्री भाग सिंगमरमरले बनेको छ । यसमा आठवटा राजकीय कक्ष, एक ब्यूटी सैलुन, एक स्पा, एक जिम, एक हेलिप्याड, एक स्विमिङ पूल र एउटा लिफ्ट छ । यो याटमा १६ जना पाहुना र ३६ जना चालक दलका सदस्यहरू बस्न सक्छन् ।

Leave a Reply

ताजा समाचार