अविरल वर्षा र बाढीका कारण चीनमा ३० जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

अविरल वर्षा र बाढीका कारण चीनमा ३० जनाको ज्यान गयो

काठमाडौँ ।
उत्तरी चीनमा अस्ति आइतवारदेखि आएको अविरल वर्षा र बाढीका कारण अहिलेसम्म ३० जनाको ज्यान गएको छ । हजारौं मानिस विस्थापित भएका छन् ।
राजधानी बेइजिङमा मात्रै ८० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।बाढीले पुल र सडकहरू भत्काएका र सयभन्दा बढी गाउँमा विद्युत् सेवा अवरुद्ध भएको खबरमा उल्लेख छ ।

चीनका राष्ट्रपति सी जिनपिङले हराइरहेका र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारमा ‘पूर्ण प्रयास’ गर्न निर्देशन दिएका छन ।चीन सरकारले उच्च सतर्कता जारी गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, पुनःस्थापना र उद्धार कार्यलाई प्राथमिकता दिएको जनाएको छ ।

Leave a Reply