उत्तरी चीनमा भीषण वर्षा : दुई जनाको मृत्यु, २६ हजार विस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

उत्तरी चीनमा भीषण वर्षा : दुई जनाको मृत्यु, २६ हजार विस्थापित

एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्त र भित्री मंगोलिया स्वायत्त क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

गत बुधबारदेखि भित्री मंगोलियामा मुसलधारे वर्षा जारी छ । जसले गर्दा धेरै क्षेत्रमा बाढी आएको छ । सिलिङगोल लिग र ओर्डोस र उलानकाब शहरहरूमा २२ हजार भन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरिएको छ । क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागका अनुसार १४ हजार भन्दा बढी मेसिनरीका सेटहरू, ७३७ ड्रेनेज उपकरणहरू र ८ हजार २८७ उद्धार सामग्रीहरू यस क्षेत्रमा तैनाथ गरिएको छ ।

हेबेईको बाओडिङ शहरको फुपिङ काउन्टीमा, शुक्रवारदेखि शुरु भएको पछिल्लो भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ र दुई जना बेपत्ता छन् । वर्षाले लगभग २०३.५ मिलियन युआन (लगभग २८.५ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति पुएयाएको छ ।

Leave a Reply