साउन ५, काठमाण्डौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, विशालटारमा विहिबार बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा झापाको शिवसतासी गाउँपालिका–६ का बसचालक कमल ढुंगाना र सह–चालक नवराज शिवाकोटीको मृत्यु भएको हो । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
काठमाडौंबाट काँकडभिट्टाका लागी छुटेको ना ६ ख २२९३ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ ।