दार्चुलामा भारतीय पर्यटकहरुको आगमनमा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

साउन १९, दार्चुला । दार्चुला सदरमुकाम खलंगामा भारतीय पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ ।

 

असार र साउन महिनामा चीनको तिब्बतमा अवस्थित हिन्दुहरुको पवित्र तिर्थस्थल कैलासमानसरोबरको यात्रा गर्न भारत तथा नेपालका विभिन्न स्थानहरुबाट श्रद्धालुहरु आउने गर्दछन् ।

कैलास मानसरोबरको प्रवेसद्धारको रुपमा रहेको दार्चुला सदरमुकाम खलंगा कैलास मानसरोबर यात्रा गरी फर्केका भारतीय श्रद्धालुहरु एकचोटी भएपनि दार्चुला सदरमुकाम खलंगा आउने गर्दछन् भने यहाँबाट चिनारीको रुपमा नेपाली ढाँकाटोपी नेपाली सिक्का र नोटहरु लिने गर्दछन् ।

टाढाटाढाबाट आएका श्रद्धालुहरु पर्यटकको रुपमा दार्चुला सदरमुकाम खलंगा सम्म आइपुगे पनि दार्चुलामा अवस्थित मालिकार्जुन धाम, लटिनाथ धाम र डुङ्ग्री भगवति मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गरी उचित व्यवस्थापन तथा प्रचारप्रसार गरी राज्यले दार्चुलाका धार्मिक स्थलहरुलाई धार्मिक पर्यटनको रुपमा विकास तथा प्रचार प्रसार गरे दार्चुलामा धार्मिक पर्यटकको संख्या उल्लेख्य रुपमा बृद्धि हुने देखिन्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);