जेठ १४ बुधबार ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते आफूहरुले गर्ने आन्दोलनमा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।
बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । तथापि कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने उनले जिकिर गरे । उनले संविधानको उलंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाए ।




