कोसी प्रदेश सभामा'भिजिट भिसामा हजुर...' गीत गाउँदै मागियो गृहमन्त्रीको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

कोसी प्रदेश सभामा’भिजिट भिसामा हजुर…’ गीत गाउँदै मागियो गृहमन्त्रीको राजीनामा

जेठ १४ बुधबार ।
कोसी प्रदेश सभामा पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ । बुधबार कोसी प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य गोम्बु शेर्पाले भिजिट भिसामा हजुर।।। गीत गाएर गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

बैठकको शून्य समयमा बोलेका शेर्पाले भिजिट भिसामा हजुर, भिजिट भिसामा भुइँ छाडेर उड्ने हजुर पश्चिम दिशामा।।।गीत गाएर भनाइ सुरु गरेका थिए । त्यसपछि उनले बेरोजगार युवाबाट त्रिभुवन विमानस्थलमा लाखौँ रकम असुल गर्ने गरिएको दाबी गरे ।

बदनाम र विवादित व्यक्ति नै गृहमन्त्रीको सचिवालयमा देखिएकाले अस्वाभाविक मिलेमतो रहेको उनको भनाइ छ ।

लुट धन्दा मच्चाउनेहरूको मुख्य व्यक्ति गृहमन्त्री नै भएको आरोप लगाउँदै उनले अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग गरे ।

Leave a Reply