गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन कांग्रेस नेता कोइरालको सुुझाव | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८३, आइतबार

गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन कांग्रेस नेता कोइरालको सुुझाव

२०८२,२,११

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको छ । रोल…
शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले भ्रष्टाचारको विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताउनु भएको हो । उहाँले विगतमा समेत भ्रष्टाचारको विषय उठेका केही मन्त्रीहरुले राजीनामा दिएर अनुसन्धानमा सघाएको स्मरण गराउदै मन्त्री लेखकलाई पनि त्यस्तै गर्न सुझाव दिनुभयो । उहाँले अध्यागमनको भिजिट भिसा प्रकरणमा संलग्नता भएको विषय उठिसकेपछि सही सावित गर्न पनि छानविन हुन जरुरी रहेको बताउनु भयो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालय समेत जोडिएको छ । यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । ंंं०००

Leave a Reply