नेसपाको गङ्गानारायण श्रेष्ठ समूह माओवादीमा समायोजन | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८३, आइतबार

नेसपाको गङ्गानारायण श्रेष्ठ समूह माओवादीमा समायोजन

२०८२,२,१२
नेपाल समाजवादी पार्टी नेसपाको गङ्गानारायण श्रेष्ठ समूह नेकपामाओवादी केन्द्रमा समायोजन भएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेसपाका तर्फबाट गङ्गानारायण श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । श्रेष्ठले माओवादी केन्द्रको केन्द्रीय सचिवको जिम्मेवारी पाउनुभएको छ ।

२०७२ साल असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग हुनुभएको थियो । माओवादी र महिन्द्रराय यादव नेतृत्वको नेसपाबीच २०८० साल जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रमा फर्कनुभएको हो । सह–अध्यक्ष श्रेष्ठले हिजोमात्रै केन्द्रीय समिति पुनर्गठन गरी नेसपाको नेतृत्व लिनुभएको थियो । श्रेष्ठले नेसपाका २९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र एक सय ६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको दाबी गर्नुभएको छ ।

सहमतिपत्रमा पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने, पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको कार्यक्रम हुने उल्लेख छ ।

Leave a Reply

ताजा समाचार