पार्टीबाट अलग नहुन प्रचण्डको नारायणकाजीलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

पार्टीबाट अलग नहुन प्रचण्डको नारायणकाजीलाई आग्रह

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच आज बिहान प्रचण्ड निवासमा छलफल भएको छ । छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि निष्कर्षविहीन भएको स्रोतले बतायो ।

एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन् ।

एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुनसक्ने अभिव्यक्ति दिएपछि यी दुई नेताबीच दुरी बढेको छ ।आज बिहानक‍‍ो छलफलमा प्रचण्डले पार्टीबाट अलग नहुन आग्रह गरेका थिए । तर श्रेष्ठले “मलाई अलग हुने मन नहुँदा नहुँदै पनि तपाईंले नै अलग्याउन खोज्नु भएको छ” भनेको स्रोतले बतायो ।

रुष्ट नारायणकाजीलाई फकाउने प्रयासमा यसअघि अध्यक्ष प्रचण्ड र वर्षमान पुन ‘अनन्त’ले नारायणकाजीको निवास हात्तीवनमा पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए । प्रचण्डले एमसीसीमा मतभेद भएपनि अरू विषयमा मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । यसबीचमा नारायणकाजी श्रेष्ठले आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै बैठक राखेर पार्टीको पछिल्लो अवस्थाबारे छलफल समेत गरेको छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);