एमाले तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

एमाले तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित

२०८१,८,७

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित भएका छन्। गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुङ्गाना अध्यक्षमा निर्वाचित भएका हुन् । ढुङ्गानाले २२६ र श्रेष्ठले २०४ मत पाए। ढुङ्गानालाई भने प्रदेश कमिटीका सदस्य लक्षण तिवारीलगायत नेताहरूको समर्थन थियो। श्रेष्ठलाई उपाध्यक्ष गुरु बराल, प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालगायत नेताको समर्थन थियो।

उपाध्यक्षमा सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भए। सचिवमा श्रेष्ठ प्यानलका तारामान मादेन निर्वाचित भएका छन्। खुला उपसचिवमा ढुङ्गाना प्यानलका यादवबहादुर खापुङ निर्वाचित भएका छन् । त्यसैगरी महिला उपसचिवमा पनि श्रेष्ठ प्यानलकी तारा ढकाल निर्वाचित भएकी छिन्।

Leave a Reply

ताजा समाचार