१६२ मतले शाहलाई पराजित गर्दै एमाले कर्णालीको अध्यक्षमा शाह विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१६२ मतले शाहलाई पराजित गर्दै एमाले कर्णालीको अध्यक्षमा शाह विजयी

काठमाडौं, १६ असोज । एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी हुनु भएको छ । सल्यानका शाहले प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले हराएर गुलावजंग शाह एमाले कर्णाली प्रदेश अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

सर्वसम्मतको प्रयास असफल भएपछि नेतृत्व चयनका लागि भएको मतदानमा शाहले ३ सय ६९ मत ल्याउँदा शाहीले २ सय ७ मतप्राप्त गर्नुभयो । शाह नेकपा एमालेका पोटिलब्युरो सदस्यसमेत हुनुहुन्छ । उहाँ पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य पनि भइसक्नु भएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत पाउनु भएको छ । शाह यामलाल कँडेल समूह र शाही गोरख बोगटी समूहबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

उपाध्यक्षमा गुलाबजंग प्यानलका टेकराज पछाई ३४२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी दानसिंह परिवारले ५९ मत र लालबहादुर महताराले १७६ मत ल्याउनु भयो । सचिवमा शाह प्यानलका ध्रुवबहादुर शाहीले ४०६ मत ल्याएर विजय हुनुभयो । प्रतिस्पर्धी शाही प्यानलका रूद्रबहादुर शाहीले १६९ मत ल्याउनु भयो । उपसचिवमा रवीन्द्रराज शर्मा र रमेश कुमार शाही निर्वाचित हुनु भएको छ । शर्माले २९९ मत र शाहीले २६६ मत पाउनु भयो । यसैगरी, उपसचिव पदमा पद्मा खड्काले १५२, मेनका पछाईले ९६, तेज कुमार विकले ७७, वीरेन्द्रराज गिरीले ५२, नारायणकुमार शाहले ३५ र बखत बहादुर भण्डारीले ३३ मत ल्याउनु भयो । मतदानमा ६ सय ९ मत खसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);