राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज शपथ लिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज शपथ लिदैं

काठमाडौं,२१ फागुन । राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज शपथ लिँदै छन् ।  गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २, एमाले र जसपाका १–१ राष्ट्रिय सभा सदस्यले शपथ लिने कार्यक्रम छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्य भने ६ वर्षे कार्यकाल पूरा गरेर संघीय संसद्बाट बाहिरिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक जना सदस्यको भने टुंगो लागिसकेको छैन । आज साढे ११ बजे शपथ कार्यक्रम तय भएको छ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले शपथ गराउने कार्यक्रम छ । दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नयाँ सदस्यले आफ्नो धारणा राख्ने कार्यक्रम छ । नयाँ निर्वाचित राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट हुनुहुन्छ । मओवादीबाट रेनु चन्द, विष्णुबहादुर विश्वकर्मा, झक्कु सुवेदी, मनरूपा शर्मा र श्रीकृष्ण अधिकारी राष्ट्रिय सभामा आउनु भएको छ । एकीकृत समाजवादीका सावित्री मल्ल र घनश्याम रिजाल विश्वकर्मा, जसपाकी पूजा चौधरी र एमालेकी रुक्मिणी कोइराला निर्वाचित हुनु भएको छ ।

राष्ट्रिय सभाबाट एमालेका अध्यक्षसहित ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत १ सांसदको कार्यकाल सकिएको हो । कार्यकाल सकिनेमा एमालेबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुहार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई हुनुहुन्छ ।

कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ, माओवादीका हरिराम चौधरी, बिना पोखरेल र महेशकुमार महराको कार्यकाल सकिएको हो । एकीकृत समाजवादीका भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहेकी नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट शिक्षा राज्यमन्त्रीसमेत रहेकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि कार्यकाल सकिएको छ । राष्ट्रिय सभाको क्यालेन्डरअनुसार फागुन २९ मा अध्यक्ष पदका लागि निर्वाचन गर्ने तय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);