पाकिस्तानमा र्यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पाकिस्तानमा र्यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु

एजेन्सी,१७ माघ । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक ¥यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलवार एउटा राजनीतिक ¥यालीका क्रममा बिस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।

घटना बेलुका पौने ६ बजे भएको थियो प्रान्तको सिबी जिल्लामा मोटरसाइकलमा राखिएको बिस्फोटक पदार्थ बिस्फोट भएको स्रोतले बताएको छ ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को ¥यालीलाई लक्षित गरी हमला गरिएको स्रोतले बताएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।

तीन जनाको अवस्था गम्भीर छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);