सरकारले रंगभेदी विभेद गर्याेः सिके राउत | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

सरकारले रंगभेदी विभेद गर्याेः सिके राउत

काठमाडौं, १६ पुस ||
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाउनुभएको छ । सोमवार माईतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताउनु भयो । उहाँले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रश्तावका रुपमा लैजाने बताउनु भयो । उहाँले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिता तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताउनु भयो । उहाँले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गर्नुभयो । मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौति दिनुभयो ।
सरकारले केही नगर्दा पनि आफ्नै मन्त्री पक्राउ गर्नमिल्छ ? भन्दै प्रश्न गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);