जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित ५ देशले कति गरे सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित ५ देशले कति गरे सहयोग

एजेन्सी, १६ मंसिर ||
जलवायु परिवर्तनको ठूलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ । संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्मेलनले बिहीवार विश्वका विशेष गरी जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनका कारण हुने नोक्शानी र क्षतिसँग जुध्न सहयोग गर्न कोष सञ्चालनमा ल्याएको हो । नोक्शान र क्षति कोषमा यो निर्णायक कार्यले दुबई, संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप २८) को सम्मेलनको २८ औं सत्रको पहिलो दिन सहयोग गर्ने प्रतिवद्धता जनइएको हो । युएईको नेतृत्वमा धेरै देशहरूले कोषमा आफ्नो आर्थिक प्रतिवद्धता जनाएका छन् । जसमा युएईले १० करोड अमेरिकी डलर, जर्मनीले सय मिलियन डलर, बेलायतले ४ करोड पाउण्ड (लगभग ५०.६ मिलियन डलर) र अन्य व्यवस्थाका लागि २ करोड पाउण्ड सहयोग गरेको छ । जापानले १० मिलियन डलर र संयुक्त राज्य अमेरिका, १७.५ मिलियन डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);