विकासोन्मुख देशहरूलाई जलवायु कोष चाहिन्छ : मलावियन मन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विकासोन्मुख देशहरूलाई जलवायु कोष चाहिन्छ : मलावियन मन्त्री

काठमाडौं, २२ मंसिर । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी कोप २८ जलवायु सम्मेलनमा मलावीका ऊर्जामन्त्री इब्राहिम माटोलाले विकसित देशहरूलाई जलवायु कोष उपलब्ध गराउने आफ्नो वाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।

सन् २००९ को कोपेनहेगनमा भएको जलवायु सम्मेलनमा विकसित देशहरूले सन् २०२० सम्ममा प्रत्येक वर्ष १०० अर्ब अमेरिकी डलर जलवायु वित्त प्रदान गर्ने वाचा गरेका थिए । तर त्यो वाचा पूरा हुन सकेको छैन । सोही कुराको स्मरण गराउँदै मन्त्री माटोलाले विकासोन्मुख देशहरुलाई जलवायु कोषको आवश्यकता रहेको बताउनु भयो ।

मलावी जस्ता देशहरूमा विकासले जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने बताउनु भयो । माटोलाले अझै पनि विकसित देशहरूले वाचा गरेको कोषको आवश्यकता रहेको बताउनु भयो ।

कोप २८ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८ औं सत्र नोभेम्बर ३०देखि डिसेम्बर १२ सम्म भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);