‘जलवायु परिवर्तनका मुद्दालाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

‘जलवायु परिवर्तनका मुद्दालाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक’

काठमाडौं, २५ मंसिर । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्युनिकरणका लागि भइरहेको बसहलाई चाँडो भन्दा चाँडो अन्तिम निस्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड दिन आवश्यक रहेको बताउनुभएको हो । उहाँले प्रगति भइरहेपनि पर्याप्त र छिटो काम हुन नसकेको बताउनु भयो । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा कोप २८ को पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले जलवायु परिवर्तनका मुद्दालाई गहन रुपमा लिएर खुला रुपमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुद्दाहरूलाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो ।

आफूले समाधानका लागि सबै देशहरु तयार हुनुपर्ने चाहेको बताउनु भयो । सबैजना लचिलो हुन र सम्झौता स्वीकार गर्न तयार हुनुपर्ने बताउनु भयो ।

कोप २८ नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्नेछ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनले सबै देशहरूले सामना गरिरहेको दबाबपूर्ण जलवायु संकटको समाधानको लागि काम गर्न विश्वभरबाट १ लाख १० हजार भन्दा बढी सहभागी भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);