जलवायु परिवर्तनले २१ मिलियन अफगानी सफा पानीको पहुँचबाट वञ्चित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

एजेन्सी,२६ माघ । अफगानिस्तानको राष्ट्रिय वातावरण कार्यक्रम एजेन्सी (एनइपिए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले जलवायु परिवर्तन र लगातारको खडेरीले अफगानिस्तानको लगभग आधा जनसंख्यालाई पिउने पानीको पहुँचबाट वञ्चित गरेको बताउनुभएको छ । देशको आधा जनसंख्या लगभग २१ मिलियन मानिसहरूले पानीको अभावको सामना गरिरहेका छन् ।

उनीहरूसँग सफा पिउने पानीको पहुँच छैन । हक्कानीले जलवायु परिवर्तनले पनि युद्धग्रस्त देशका ३ प्रतिशत जङ्गल नष्ट गरेको र वर्षा ३७ प्रतिशतले घटेको बताउनु भयो । अफगानिस्तानले वर्षौंदेखि खडेरीको सामना गरिरहेको छ । जसले राष्ट्रिय राजधानी काबुलसहित भूमिगत पानीको मन्दी निम्त्याएको छ । शहरका करिब ६ मिलियन मानिसहरूका प्रमुख भागहरूले चरम पानीको अभावको सामना गरिरहेका छन् ।

नेपाको जलवायु परिवर्तन विभागका प्रमुख रोहुल्लाह अमिनले जलवायु परिवर्तनका कारण उत्पन्न हुने समस्याको सामना गर्न अनुमानित २० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);