नेदरल्याण्ड्सको संसदीय चुनावमा पिभिभि पार्टी सबैभन्दा ठूलो दल बन्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेदरल्याण्ड्सको संसदीय चुनावमा पिभिभि पार्टी सबैभन्दा ठूलो दल बन्यो

एजेन्सी, १६ मंसिर ||
नेदरल्याण्ड्सको अति दक्षिणपन्थी पपुलिस्ट पार्टी फर फ्रिडम (पिभिभि) संसदीय चुनावमा सबैभन्दा ठूलो दल बनेको छ । संसदीय चुनावमा पिभिभि सबैभन्दा ठूलो दल बनेको डच इलेक्टोरल काउन्सिल बताएको हो । प्रतिनिधि सभा वा संसदको तल्लो सदनमा १५० सिटमध्ये ३७ सिट प्राप्त गर्दै पिभिभि इतिहासमा पहिलो पटक देशको सबैभन्दा ठूलो दल बनेको हो । नोभेम्बर २२ मा भएको निर्वाचनमा ७७.७ प्रतिशत मतदान भएको थियो । जुन २०२१ मा ७८.७ प्रतिशत र २०१७ मा ८१.९ प्रतिशत थियो । ग्रिनलेफ्ट–लेबर गठबन्धन २५ सिटका साथ दोस्रो स्थानमा छ । जबकि दक्षिणपन्थी पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भिभिडी) २४ सिटका साथ तेस्रो स्थानमा र नयाँ केन्द्रवादी पार्टी न्यु सोशल कन्ट्र्याक्ट (एनएससी) २० सिटका साथ चौथो स्थानमा छ । डेमोक्रेट ६६ ले नौ सिट, किसान–नागरिक आन्दोलन बोएरबर्गर बिवेजिङले सात सिट, समाजवादी पार्टी (एसपी) र क्रिस्चियन डेमोक्र्याटिक अपील (सिडिए) ले पाँच–पाँच सिट र बाँकी सिटहरू सात साना दलहरूमा बाँडफाँड गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);