“महानगरलाई सुकुम्वासी मुक्त घोषणा गर्छौ” | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

“महानगरलाई सुकुम्वासी मुक्त घोषणा गर्छौ”

राजेन्द्र आचार्य ,२६ बैशाख चितवन ।
नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसको तर्फमा संयुक्त प्यानलका मेयर तर उपमेयरले भरतपुर महानगरलाई सकुम्वासी मुक्त महानगर घोषण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरमा संयुक्त घरदैलोका

“महानगरलाई सुकुम्वासी मुक्त घोषणा गर्छौ”

राजेन्द्र आचार्य ,२६ बैशाख चितवन ।

नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसको तर्फमा संयुक्त प्यानलका मेयर तर उपमेयरले भरतपुर महानगरलाई सकुम्वासी मुक्त महानगर घोषण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरमा संयुक्त घरदैलोका क्रममा विभिन्न वडा तथा टोलावासीहरुलाई सम्बोधन गर्दै उनीहरुले महानगरलाई स्मार्ट सिटी बनाई राख्दा सुकुम्वासी समस्या हल नगरेसम्म स्मार्ट सिटि नबन्ने भन्दै आफहरुले माहानगरलाई कुनै पनि हालतमा सकुम्वासी मुक्त महानगर घोषण गर्ने दावी गरेका हुन् ।

 

सो अवसरमा बोल्दै मेयर पदकी उम्मेदवार रेणु दाहालले काग्रेसँ माओवादीको विचार र एजेण्डा जसरी यतिवेला मिलिेको तयसरी नै दुई दलले देखेको आधारमा माहानगरको विकासलाई दु्रत गतिमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरिन् । यस्तै सभामा बोल्दै उपमेयरकी उम्मेदवार पार्वती शाहले दआफुहरु विजयी भएसगैँ हरेक नागरिकले आफ्नो जग्गासहितको आवासमा बस्न पाउने बताईन् । साथै उनले जिल्लालाई नै आफुह्रु मिलिसुकुम्बासी मुक्त जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरिन् । भने महिला सशक्तिकरणका मुद्दा थप मजबुद बन्ने दावी गरिन् ।

 

यसरी दुवै दलको तालमेलपछि घरदैलोमा मेयरकी उम्मेदवार रेणु दाहाल र उपमेयरकी उम्मेदवार जनताका घर घरमा जादाँ स्थानियहरु उत्साहित बनेका थिए । उनीहरुले यसरी जिल्लामा दुवै पदमा महिला नेतृत्व आउनु खुसी खबर भएको भन्दै जनताको भावनालाई कदर गर्दै भरतपुरलाई समृद्ध माहानगर बनाउन आग्रह गरे । कार्यक्रममा नेपाली काग्रेसका नेताहरु मिलनबाबु श्रेष्ठ, उमा गिरी र माओवादी नेताहरु पूर्णकुमारी सुवेदी र ईश्वर सापकोटा लगायतको सहभागी थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);