पुराना अभिव्यक्ति काटेर भ्रमपुर्ण बनाइएको भिडियो हटाउन रघुजी पन्तको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

पुराना अभिव्यक्ति काटेर भ्रमपुर्ण बनाइएको भिडियो हटाउन रघुजी पन्तको माग

काठमाडौं, २३ असोज । नेकपा (एमाले)का सांसद रघुजी पन्तले इजरायलमा मारिएका घटनाभन्दा अघि बोलेका अभिव्यक्तिलाई सो घटनासँगै जोडेर भ्रम उत्पन्न गरेको भन्दै आपत्ति जनाएका छन् । केही व्यक्तिले सो घटना हुनुु भन्दा अघि बोलेका अभिव्यक्तिलाई काँटछाँट गरी भ्रम उत्पन्न गरेको भन्दै त्यस्ता भिडियो हटाउन आग्रह गरेका हुन् ।

आज एक विज्ञप्ती जारी गर्दै सांसद पन्तले गतल अर्थ लाग्ने भिडियो बनाएर टिकटक, युट्युुब आदीमा राखेर केही व्यक्तिले जनमानसमा भ्रम छर्न खोजेको आरोप लगाएका छन् । एमाले नेता पन्तले बेग्लै प्रश्नको उत्तर दिंदा बोलेका कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्नेगरी भिडियो बनाएर प्रचार गरेकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । त्यस्ता भिडियो तुरुन्त हटाउन पनि माग गरेका छन् ।

पन्तले इजरायलमा रहेका नेपालीहरुलाई छिटो उद्धार गर्न र मृतकका परिवारलाई इजरायली सरकारबाट थप क्षतिपुर्ति उपलब्ध गराउन पनि कुटनीतिक पहल गर्न आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);