इजरायलबाट नेपाल फर्कन २ सयको आवेदन, दुइटा विमान तयारी अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

इजरायलबाट नेपाल फर्कन २ सयको आवेदन, दुइटा विमान तयारी अवस्थामा

काठमाडौं, २३ असोज । इजरायलबाट नेपाल फर्कन २ सय जनाले नेपाली राजदुतावासमा आवेदन दिएका छन् । अन्तर्रािष्ट्रय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले यस्तो जानकारी दिएका हुन् ।

इजारायलमा भएका नेपालीहरुको अवस्थाको जानकारी दिँदै मन्त्री साउथले नेपाल फर्कन चाहानेहरुका लागि २ वटा विमान तयारी अवस्थामा राखेको सुनाए । उनका अनुसार नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका जहाज तयारी छन् ।

मन्त्री साउथले इजरायलमा ४ हजार ५ सय जना केयर गिभरको रुपमा कार्यरत रहेका बताए । उनले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २५६ जना विद्यार्थीहरु इजरायलमा रहेको र ती मध्ये १० जनाको हमासले गरेको आक्रमणमा मृत्यु भएको जानकारी दिए । शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएको र नेपाल आउन इच्छुकका लागि सुरक्षित रुपमा नेपाल ल्याउने तयारी रहेको उनले सुनाए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);