इजरायलमा रहेका नेपालीहरु आफैँ जहाजमा चढेर आउन चाहे पनि भाडा सरकारले तिर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इजरायलमा रहेका नेपालीहरु आफैँ जहाजमा चढेर आउन चाहे पनि भाडा सरकारले तिर्ने

काठमाडौं, २५ असोज । इजरायलमा अलपत्र परेका नेपालीहरूलाई परराष्ट्रमन्त्रीको नेतृत्वको टोलीले ल्याउने भएको छ । बुधवार बसेको मन्त्री परिषद्को बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा विमान इजरायल पठाउने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल आउन चाहनेलाई नेपालको विमानले ल्याउने र आफैँ जहाजमा चढेर आउन चाहे पनि भाडा सरकारले तिर्ने निर्णय भएको जानकारी दिनु भयो ।

इजरायलमा निधन भएका १० नेपालीको शव भने यस जहाजमा नल्याइने मन्त्री गुरुङले स्पष्ट गर्नुभयो । यसैबीच परराष्ट्र मन्त्रालयले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन केही समय लाग्ने बताएको छ । परराष्ट्र मन्त्रालयले बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी इजरायल सरकारले हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताउनु भयो । उहाँले उनीहरुको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पार्नुभयो ।

प्रवक्ता लम्सालले अज्ञात रहेका विपिन जोशीको सम्बन्धमा इजरायल सरकारको समन्वयमा निरन्तर रुपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने कार्य जारी रहेको तथा घाइते ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि बताउनु भयो । इजरायलबाट २८८ जना भन्दा बढिले नेपाल फर्कन चाहेको र विवरण दिनेमध्ये ३६ जनाले स्थानान्तरण हुन चाहेको प्रवक्ता लम्सालले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);