इजरायलमा द्वन्द्वको चपेटामा परेकाहरुलाई तत्काल उद्धार गर्न पीडितका आफन्तको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इजरायलमा द्वन्द्वको चपेटामा परेकाहरुलाई तत्काल उद्धार गर्न पीडितका आफन्तको आग्रह

काठमाडौं, २२ असोज । पीडितहरुले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरुलाई तत्काल उद्धार गर्नसरकारसँग आग्रह गरेका छन । सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर बिष्टसहितका नौं जना विद्यार्थीहरुको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।

हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरु आक्रमणको शिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा बिष्टले बताउनु भयो । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरु अध्ययनका लागि इजरायल गएका थिए । उनीहरुसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरु तनावमा रहेकाले सरकारले उनीहरुलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाई गर्न नहुने पनि चन्द्राले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘बच्चासँग हामी आधिआधि घण्टामा कन्ट्याकमा छौं । उसले कुरा गर्न पाईराखेको छ । त्यस्तो कन्ट्याक्टविहिन चाँही भएको छैन । हिजो रातिबाट युद्ध घोषणा भएकाले बच्चाहरु आत्तिईराखेका छन् । युद्ध घोषणा भइसक्यो उता चाहीँ । अब चाहीँ हाम्रो नेपालबाट परराष्ट्रमन्त्रीज्युले छिटो, छरितो एकदम तन, मन लगाएर आफ्नो बच्चाहरुलाई छिटो लिएर आउनु प¥यो । यो हाम्रो मात्रै चिन्ताको विषय होइन । उहाँहरुले पनि चिन्ता गर्नु पर्छ । उनीहरु अहिलेसम्म चाँही सेफमै बसेका छन् । बंकर छैन । उनीहरु आत्तिराखेका छन । हामीलाई बंकर भएको ठाउँतिर छिटो सारिदिनु प¥यो भनेर भनिरहेका छन । उनीहरु त्यो ठाउँबाट भन्दा २५५ किलोमिटर भित्र नै छन । फेरि हामीहरुकोमा नआउला भन्न सकिँदैन । छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिईरहेका छन् । फोन गरिरहेका छन । सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरुलाई फिर्ता गराइदेउ सरकार ।’

पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्क समेत गराएका थिए । यता सरकारले पनि सो द्वन्द्वमा निधन भएका नौ जनाको शव र फसेकाहरुको उद्धारको लागि विमानलाई तयारी अवस्था राख्ने निर्णय गरिसकेको छ । सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा परराष्ट्र मन्त्री साउद नेतृत्वको समन्वय संयन्त्र गठन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);