नेपालीको उद्धार गर्न इजरायल गएको विमान राति ९ बजे फर्किने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपालीको उद्धार गर्न इजरायल गएको विमान राति ९ बजे फर्किने

काठमाडौं, २५ असोज । इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको विमान बिहीबार बिहान ४ बजे त्यसतर्फ उडेको थियो ।

सो विमानले इजरायलमा अलपत्र परिरहेका विद्यार्थीहरुलाई नेपाल ल्याउनेछ । नेपाल आउन चाहानेको संख्या धेरै भएपछि दुतावासले पहिलो चरणमा २५४ जना विद्यार्थी मात्र ल्याउन लागेको हो । इजरायलका लागि नेपालका राजदुत कान्ता रिजालका अनुसार पहिलो चरणमा विद्यार्थीमात्र फर्कनेछन् । त्यसपछि क्रमशः श्रमिकलाई फर्काइनेछ ।

दिवगंत नेपालीहरुको शव भने इजरायल सरकारले हस्तान्तरण गरेपछि मात्र ल्याउन सकिने भएको छ । हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);