सरकारको आग्रह : इजरायल भ्रमण नगर्नुहोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सरकारको आग्रह : इजरायल भ्रमण नगर्नुहोस्

काठमाडौं, २३ असोज । सरकारले इजरायलमा भ्रमण नगर्न आग्रह गरेको छ । कुनै पनि प्रकारका इजरायलमा भ्रमण नगर्न सुझाव दिएको हो । सोमबार बसेको अन्तर्रािष्ट्रय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका हुन् ।

साउदका अनुसार इजरायलमा ४ हजार ५ सय जना केयर गिभरको रुपमा कार्यरत रहेका छन् । लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २५६ जना विद्यार्थीहरु इजरायलमा रहेको र ती मध्ये १० जनाको हमासले गरेको आक्रमणमा मृत्यु भएको साउदले जानकारी दिए ।

शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएको र नेपाल आउन इच्छुकका लागि सुरक्षित रुपमा नेपाल ल्याउने तयारी रहेको उनले सुनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);